क्रसफायर एचजे २५० नेपाल आइपुग्यो, बुकिङ गर्नेले पाउने

काठमाडौं । क्रसफायरक एजचे २५० को विक्री सुरु भएको छ । केही समय अगाडी स्टक सकिएर कम्पनीले यसको बुकिङ खुल्ला गरेको थियो ।

कम्पनीका अनुसार हाल नयाँ ग्राहले मोटरसाइकल खरिद गर्न पाउने छैनन् । यसअघि बुकिङ गरिसकेका ग्राहलाई मोटरसाइकल उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीले अहिले बुकिङसमेत लिइरहेको जनाएको छ । अहिले बुकिङ
गर्ने ग्राहकले २० दिनपछि मोटरसाइकल पाउने जनाएको छ । त्यसैगरि बुकिङ गर्दा १ लाख रुपैयाँ टोकन रकम बुझाउनु पर्नेछ ।

यो मोटरसाइकलमा २४९.६ सीसी लिक्विडकुल्ड इन्जिन रहेको छ । जसले अधिकतम ३० बीएच पावर र २३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स जडान भएको छ ।

यो डर्ट बाइकमा सबै किसिमका लाइटहरु एलइडी प्रयोग भएको छ भने क्यूबीक हेडलाईट र डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

कम्पनीले यसमा अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि फुल्ली डिजिटल्ली एड्जस्टेवल कम्प्रेसन दिएको छ । जसले कठिन बाटोमा पनि आरामदायी यात्रा प्रदान गर्ने छ ।

डर्ट बाइक भएकाले यसको अगाडिको टायर २१ इन्च र पछाडिको टायार १८ इन्चको रहेको छ । ३३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले यसको मूल्य ६ लाख ४५ हजार रुपैयाँ निर्धारण गरेर विक्री गरिरहेको छ ।


Back_to_top