काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले क्रिसमस तथा नयाँ वर्ष २०१९ को अवसरमा ड्याट्सन बोनान्जा अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ड्याट्सन गाडीको खरिदमा विभिन्न उपहारहरु प्राप्त गर्न सक्ने सक्छन् ।
कम्पनीको अनुसार ड्याट्सन गाडी खरिदमा १ लाख ९० हजार रुपैयाँसम्मको छुट, १ लाख १० हजार बराबरको निःशुल्क पार्टपुर्जा, २ वर्षको स्वास्थ्य बीमा पनि ग्राहकहरुले पाउने जनाएको छ ।
यसका अलावा सहज फाइनान्स सुविधा, लोयल्टी बोनस, बीमा, ३ वर्षसम्मको वारेन्टीका साथै एक्स्चेन्ज अफरको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।


