काठमाडौं । दीपलले ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि-बजेट स्कीमको घोषणा गरेको छ । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले दीपल ईभी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार प्रि बजेट अफरमा ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट र एक्सचेञ्ज बोनस पाउने छन् ।
साथै, ग्राहकले आर्थिक वर्ष २०८२/८३ को निःशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ अटो प्लस बीमा सुविधा पनि पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि पाउने छन् ।
वैशाख १० गतेदेखि सुरू भएको यो स्कीम ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।
कम्पनीले दीपल ईभी किन्न चाहनेलाई सहजीकरण गर्न २० प्रतिशत डाउनपेमेन्टमै गाडी दिने भएको छ । यस फाइनान्स सुविधामा ब्याजदर पनि ८.९९ प्रतिशत मात्रै रहेको छ ।
नेपालमा सार्वजनिक भएको १ वर्षमै दीपलले ८०० बढी युनिट ईभी बिक्री गरिसकेको छ । हाल नेपालमा दीपलको एस ०७, एस ०७ एल, एल ०७ र ई०७ गरी मोडलका ईभी बिक्री भइरहेका छन् ।
यी ईभीहरूमा उपलब्ध जेस्चर कन्ट्रोल, एआर-एचयूडी, सनफ्लावर टचस्क्रीन लगायत १० भन्दा बढी इन्डस्ट्री-फर्स्ट फिचरहरू छन् ।
साथै, ग्राहकको सुविधाका लागि एमएब्लू वृद्धिले देशभरका १०० बढी स्थानमा चार्जिङ स्टेसन निर्माण गरी संचालनमा ल्याएको छ ।