टाटा नेक्सन के३ ईभीले पायो फाइभ स्टार रेटिङ

काठमाडौं । नेपाली बजारमा टाटा नेक्सन के ३ ईभी नाममा बिक्री भइरहेको नेक्सनको पछिल्लो इलेक्ट्रीक मोडल नेक्सन ईभीले पाइभ स्टार रेटिङ पाएको छ ।

नेक्सन के ३ ईभीले भारतीय एनक्याबको क्रयास टेष्टमा फाइभ स्टारको रेटिङ पाएको छ ।

सन् २०२४ मा अपडेट भएको नेक्सनको फेसलिफ्ट मोडल नेपाली बजारमा भने सन् २०२५ को १ फेब्रुअरीमा लन्च भएको थियो । नयाँ नेक्सन ईभीमा ४५ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ ।

६ वटा एयरब्याग, ईएससी र ३६० डिग्री क्यामरा स्ट्याण्डर्ड फिचरको रूपमा आएको फेसलिफ्ट ईभीले एडल्ट अकुपेन्टमा ३२ मा २९.८६ अंक पाएको हो । त्यस्तै, चाइल्ड अकुपेन्टमा यो ईभीले ४९ मा ४४.९५ अंक पाएको छ ।

भारतीय एनक्याबमा टेष्ट भएको टाटा नेक्नस ईभीको इम्पावर्ड प्लस एलआर भेरियन्टमा ६ वटा एयरब्याग, इलेक्ट्रीक स्टेबीलीटी कन्ट्रोल, आइएसओफिक्स चाइल्ड सिट एङ्कर, सबै प्यासेन्जरलाई रिमाइण्डर सहितको थ्री पोइन्ट सिटबेल्ट, ३६० डिग्री सराउण्ड भ्यू क्यामरा, टायर प्रेसर मनिटरिङ सिस्टम लगायत सुरक्षा फिचर छन् ।

टाटाले यसअघि नै आफ्नो ईभी लाइनअपको नेक्सन ईभी, पन्च ईभी र कर्भ ईभीमा भारतीय एनक्याप क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाइसकेको छ ।

 


Back_to_top