अब सीएफ मोटोका कम सीसीका मोटरसाइकल छुट्टै ब्राण्डमा आउने

काठमाडौं । सीएफ मोटोले कम सीसीका मोटरसाइकलका लागि सब ब्राण्डको घोषणा गरेको छ । कम्पनीले सीएफ लाइट ब्राण्डको घोषणा गरेको हो ।

कम्पनीले फिलिपिन्समा भएको मकिना मोटो एक्स्पो २०२५ मा सीएफ लाइट ल्याउने घोषणा गरेको हो ।

कम्पनीले सीएफ लाइट ब्राण्ड अन्तर्गत सुरूवातमा तीन मोडल ल्याउने बताएको छ । जसमा सीएफ २५० एनके, २५० एसआर र डुअल २३० रहने छन् । यसअघि सीएफ मोटो अन्तर्गत २५० एनके र २५० एसआर उत्पादन हुँदै आएको थियो । अव यी दुवै मोडल सीएफ लाइट ब्राण्डमा आउने छन् भने, डुअल २३० नयाँ मोडल डबल पर्पस मोटरसाइकल हुनेछ ।

सीएफ लाइट डुअल २३० मा २२३ सीसी सिंगल सिलिण्डर कार्बोरेटर इन्जिन हुनेछ । यसको अगाडि २१ इन्च र पछाडि १८ इन्ज डब पर्पस टायर हुनेछ । यसमा डबल डिस्क, लामो ट्राभल सस्पेन्सन, डिजिटल डिस्प्ले, हलोजिन लाइट सेटअप रहने छ ।

भारतमा समेत सीएफ मोटो पुनः प्रवेश गर्दैछ । कम्पनीले सीएफ ४५० एमटीका साथ भारतमा केही समयमै प्रवेश गर्दैछ भने, २५० एनके र २५० एसआर समेत सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । तर, डुअल २३० मा भने कार्बोरेटर इन्जिन भएका कारण बिक्री वितरण गर्न पाइने छैन् ।

नेपाली बजारमा सीएफ मोटाका मोटरसाइकल रिलयान्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ । हाल नेपाली बजारमा ४५० एमटी, २५० एनके, २५० एसआर, ४५० एनके लगायतका मोटरसाइकल बिक्री वितरण भइरहेको छ । डुअल २३० पनि नेपाल ल्याउने हो भने यसले राम्रो बजार लिन सक्नेछ ।

ऋषि ट्रेड सेन्टरले नेपालमै एसेम्बल सुरू गरेको कारण पनि २३० डुअल कम मूल्यमै नेपाल आउन सक्नेछ । यसले एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top