नेपालको भन्दा महंगो मूल्य राखेर ‘एस-०५’ युरोपमा बिक्री सुरू

काठमाडौं । नेपाली बजारमा बिक्री हुँदै आएको दीपल एस-०५ क्रसओभर एसयूभी युरोपमा बिक्री सुरु भएको छ । नेपालमा ४८ लाख ९९ हजार र ५४ लाख ९९ हजारमा दुई भेरियन्ट बिक्री गर्दै आएको गाडी युरोपमा त्योभन्दा महंगो मूल्यमा बिक्री सुरु भएको हो ।

दीपलले युरोपमा ४५ हजार ७८० अमेरिकी डलर तोकेर एस-०५ बिक्री सुरु गरेको छ । जुन नेपालको ५४ लाख ९९ हजारभन्दा झण्डै १० लाख रुपैयाँले बढी हो । दीपलका इलेक्ट्रीक एसयूभी नेपाली बजारमा एमएडब्लू वृद्धिले बिक्री वितरण गर्दै आएको छ ।

युरोपमा बिक्री सुरु भएको दीपल एस-०५ को साइज नेपालमै उपलब्ध सरह छ । तर, यसमा ब्याट्री साइज र मोटर साइज भने निकै ठूलो अन्तर पाउन सकिन्छ । युरोपमा ६८.८ किलोवाट आवको एलएफपी ब्याट्रीमा उपलब्ध छ । यसको रियर ह्वील ड्राइभ भर्सनमा २०० किलोवाट र अलह्वील ड्राइभ भर्सनमा ३२० किलोवाटको मोटर उपलब्ध छ ।

अलह्वील ड्राइभ भर्सनको पीकटर्क ५०२ न्यूटन मिटर छ भने रियर ह्वील मोटरले २९० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसको टप स्पीड पनि निकै लोभलाग्दो छ । यसलाई सून्यदेखि १०० किलोमिटरको स्पीडमा पुर्याउन केबल ५.५ सेकेन्ड मात्रै लाग्ने जनाइएको छ ।

अल ह्वील ड्राइभ भर्सनको मूल्य ५२ हजार ८४० अमेरिकी डलर छ । जुन करिब ७४ लाख नेपाली रुपैयाँ बराबर हुन्छ ।


Back_to_top