ल्याण्ड रोभरको ‘डिफेन्डर बण्ड एडिशन’

काठमाडौं । बेलायती चर्चित स्पाई एजेन्ट जेम्सबण्डको २५ औँ चलचित्रको उपलक्ष्यमा कार निर्माता ल्याण्ड रोभरले स्पेशल एडिशन बजारमा ल्याएको छ । कम्पनीले जेम्सबण्डको २५ औँ चलचित्र ‘नो टाइम टु डाइ’मा डिफेन्डर भी८ को प्रयोग गरेको सन्दर्भमा यो स्पेशल एडिशन ल्याउन लागेको हो ।

कम्पनीका अनुसार यो एडिशन विश्वभर रहेका आफ्ना ग्राहकलाई लक्षित गरेर ३०० यूनिट मात्रै उत्पादन हुनेछ । यो स्पेशल एडिशन एसयूभीको इन्टेरियरमा लेजर इचिङको माध्यमबाट एसभी वेसपोकले पर्सनलाईज रुपमा सजावट गर्नेछ ।

हालै लन्च भएको डिफेन्डर भी८ को बण्ड एडिसनमा ५.० लिटरको सुपरचार्ज्ड पेट्रोल इन्जिन रहनेछ । यस इन्जिनले ५१८ हर्सपावर तथा ६२५ एनएम टर्क उत्पादन गर्नेछ ।

एसयूभीमा आठ स्पीडको अटोमेटीक गियरबक्स उपलब्ध रहेको छ । यो एसयूभी मात्र ५.२ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टाको गति लिनेछ । यसको टपस्पीड २४० किलोमिटर प्रतिघण्टा रहेको छ ।


Back_to_top