रेडियल टायर र नर्मल टायर
सामान्य टायरमा नायलन बिल्टको प्रयोग गरिएको हुन्छ भने रेडियल टायरमा स्टील–विल्टको प्रयोग गरिएको हुन्छ । रेडियल टायरको लाइफ निकै बढी हुने र धेरै बलियाे पनि हुन्छ । फोर–ह्वीलर गाडीको सधैँ यही टायरको प्रयोग गर्नु उचित रहन्छ । हाल बजारमा मोटरसाइकल, ट्याक्टर, ट्रकका लागि रेडियल टायर आउन सुरु गरिसकेको छ ।
एयर ट्यूव वा ट्यूवलेस टायर
एयर ट्यूव टायरमा भित्र हावा भर्ने ट्यूव हुन्छ जुन प्वाल परेमा टायर खाेलेर ट्यूव निकालेर पंचर टाल्नु पर्ने हुन्छ । यस्ताे गर्नकाे लागि धेरै समय लाग्ने गर्छ । ट्यूवलेस टायरको प्वाल भएमा बाहिरबाटै टाल्न सकिन्छ । याे टायरकाे प्रयाेग धेरै पहिलादेखि हुदै अाएकाे छ ।
हाल, ट्यूवलेस टायरको प्रयोग गर्न थालिएको छ । याे टायर भित्र लिक्विड हुने भएकाेले पञ्चर हुँदा हावा तुरुन्त निक्लिँदैन । लाइफको आधारमा हेर्दा ट्यूवलेस टायर उत्कृष्ट हुनसक्छ । यसको लाइफ बढी हुनेगर्छ ।ट्यूवलेस टायरमा पटक–पटक पञ्चर हुँदा दुर्घटनाको समस्या आउन सक्छ । टायर किन्दा सधैँ ब्रान्डेड कम्पनीबाट किन्नुपर्छ ।


