निगमले तुलसीपुर-काठमाडौं हवाई भाडामा ११३० रुपैयाँ छुट दिने

काठमाडौं । नेपाल एयरलाइन्सले दाङको तुलसीपुर-काठमाडौं यात्रा गर्ने विभिन्न व्यक्तिलाई विशेष छुट दिने भएको छ ।

निगमले टरिगाउँ विमानस्थलबाट काठमाडौं आउने असहाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा १ हजार १३० रुपैयाँ छुट दिने भएको हो ।

निगमका अनुसार दाङ-काठमाडौं रुटको भाडादर ८ हजार ७७५ रुपैयाँ रहेकोमा त्यस्ता व्यक्तिलाई ७ हजार ६४५ रुपैयाँ मात्रै लिइने छ ।

ती बाहेक अन्य यात्रुले भने ८ हजार ७७५ रुपैयाँ नै तिर्नुपर्ने निगमले जनाएको छ । निगमले हाल टरिगाउँ विमानस्थलबाट हप्तामा चार दिन उडान गर्दै आएको छ ।

साताको आइतबार, मंगलबार, बिहीबार र शुक्रबार उडान भइरहेको छ । यद्यपि, यात्रु भने निकै कम हुने गरेका छन् । निगमले ट्वीनअटर जहाजबाट उडान गर्दै आएको छ ।


Back_to_top