काठमाडौं । नेपालमा रोयल इनफिल्डको नयाँ भेरियन्ट हन्टर ३५० मोटरसाइकलको सार्वजनिक भएको छ ।
नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले सोमबार एक कार्यक्रमका बीच रोयल इनफिल्ड हन्टर बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ भर्सन हन्टर ३५० को दुई भेरियन्ट उपलब्ध गराएको छ । जसमा सिंगल टोन भेरियन्टको मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डबल टोन भेरियन्टको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
कम्पनीले नयाँ भर्सन हन्टर ३५० मोटरसाइकलको विभिन्न फिचरसमेत थप गरेर ल्याएको छ । नयाँ हन्टर ३५० मा बीएस ६ इन्जिनका साथै, स्पिल असिस्ट क्लच, अल एलइडी सेटपअ, नयाँ सस्पेन्सन सेअटप, नयाँ अपडेटेड क्लस्टर र धेरै ग्राउन्ड क्लियरेन्स र डबल च्यानल एबीएस फिचरका साथ ल्याएको छ ।
उक्त मोटरसाइकल सार्वजनिक कार्यक्रममा ११ जना ग्राहकलाई हन्टर ३५० हस्तारन्तरण समेत गरिएको छ ।
रोयल इनफिल्डको जे सिरिज प्लेटफर्ममा निर्माण भएको नयाँ हन्टरमा ३४९ सीसीको सिंगल सिलिण्डर, फोर स्ट्रोक, एयर र आयल कुल्ड, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम २०.२ ब्रेकहर्स पावर तथा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
ट्वीन डाउन ट्युब स्पीन फ्रेममा बनेको यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल ट्वीन सक एब्जर्भर रहेको छ ।


