नेपालमा डोङफेङ नामीको अत्याधुनिक शोरुमा संचालनमा

काठमाडौं । चिनियाँ सरकारको लगानी रहेको चार ठूला अटो कम्पनी मध्येको एक डोङफेङ मोटर कर्पोरेशनले काठमाडौंमा अत्याधुनिक शोरुम संचालनमा ल्याएको छ ।

नेपालका लागि डोङफेङ नामी ब्राण्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आजदेखि काठमाडौंको गैरीधारमा डोङफेङ नामीको शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु अग्रवाल, नामीका कन्ट्री म्यानेजर फार झिवान, एमएडब्लू वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकारिया र नामीका बिजनेश हेड प्रशन्न पन्तले संयुक्त गरेका हुन् ।

एमएडब्लूले नेपालमा गत भदौदेखि डोङफेङले उत्पादन गरेको नामी ब्राण्डका विद्युतीय कार बिक्री गर्दै आएको छ ।

कम्पनीले चाँडै नामीको लागि डेडिकेटेड सर्भिस सेन्टर समेत संचालन गर्ने जनाएको छ । एमएडब्लू वृद्धिले देशैभरी ८० भन्दा बढी स्थानमा सीसीएसटूको फास्ट चार्जर समेत स्थापना गरिसकेको जानकारी दिएको छ । जुन नेपालमा सीसीएसटू फास्ट चार्जरमा सबैभन्दा ठूलो चार्जिङ नेटवर्क भएको दाबी समेत गरेको छ ।

६ दिने मेगा टेस्टड्राइभ क्याम्प आयोजना हुने

कम्पनीले भोलि (पुस २७ गते) देखि गौरीधारास्थित शोरुममा ६ दिने मेगा टेस्ट ड्राइभ क्याम्प आयोजना गर्ने भएको छ ।

उक्त टेस्टड्राइभमा सहभागी हुने प्रत्यकले गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछ । साथै उक्त अवधिमा नामीको गाडी बुकिङ गर्ने ग्राहकले ७ किलोवाटको चार्जर, आकर्षक नगद छुट, ग्रेट एक्चेन्ज भ्यालुका साथै नगरकोटको कन्ट्री भिल्लामा नाइटस्टे समेत पाउनेछ ।

गत नाडा अटोशोबाट बिक्री सुरू भएको नामी ०१ कारमा धेरैवटा सेग्मेन्ट फस्ट फिचर पाउन सकिन्छ । नेपाली बजारमा राम्रो प्रतिक्रिया पाउन सफल नामी ०१ हालसम्म ४०० भन्दा बढी संख्यामा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।


Back_to_top