काठमाडौं । जीन्दाल ग्रुपले एमजी इन्डियामा ८ प्रतिशत शेयर थप गर्ने योजनासहित वार्ता शुरु गरको छ । जेएसडब्लु एमजी मोटर इन्डियामा हाल ३५ प्रतिशत सेयर रहेको जीन्दाल ग्रुपले प्राइभेट इक्वीटी फण्ड एभरस्टोन क्यापिटलको स्वामित्वमा रहेको ८ प्रतिशत शेयर खरिद गर्न लागेको हो ।
जेएसडब्लु एमजी मोटर इन्डियामा अहिले जेएसडब्लु ग्रुपको ३५ प्रतिशत, एभरस्टोन क्यापिटलको ८ प्रतिशत, एमजीका कर्मचारी र डिलरहरुको गरी ८ प्रतिशत तथा ४९ प्रतिशत सेयर स्वामित्व चिनियाँ अटोमोवाइल ग्रुप एसएआइसीको छ ।
जेएसडब्लु ग्रुपले एभरस्टोनको थप ८ प्रतिशत शेयर खरिद गर्दा उसको ४३ प्रतिशत हिस्सा पुग्नेछ । सबैभन्दा ठूलो लगानीकर्ता बन्न जीन्दाल ग्रुपलाई अझै थप ८ प्रतिशत शेयर आवश्यक हुन्छ ।
जेएसडब्लु ग्रुप सन् २०२३ मा एमजी इन्डियामा प्रबेश गरेका थियो । उक्त समयमा ग्रुपले एमजीमा ५ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । एमजीमा जेएसडब्लु प्रबेश गरेपछि कम्पनीको नाम जेएसडब्लु एमजी मोटर इन्डिया भएको थियो ।
जेएसडब्लू ग्रुपले खरिद गर्न लागेको ८ प्रतिशत शेयरका लागि १ हजारदेखि १२ सय करोड भारतीय रुपैयाँ थप लगानी गर्नेछ ।