हाइब्रिड इन्जिनमा आउँदै यामाहाका दुई माेटरसाइकल

काठमाडौं । यामाहा इन्डियाले हाइब्रिड मोटरसाइकल सार्वजनकि गर्ने भएको छ । हालै सम्पन्न एक कार्यक्रम एफजेडएक्स र एफजेड एसको हाइब्रिड भर्सन प्रदर्शन गरेको हो ।

नजिकिँदै गएको भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कम्नपीले यी दुवै मोटरसाइकल सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

यामाहाले भारतमा रेजेडआर स्कुटरको हाइब्रिड स्कुटर जस्तै मोटरसाइकलमा हाइब्रिड भेरियन्ट ल्याउने तयारी थालेको हो । हाइब्रिड टेक्नोलोजीले मोटरसाइकलको माइलेजका साथै पर्फमेन्समा समेत सुधार ल्याउने छ ।

कम्पनीका अनुसार २०२५ मोडल यामाहा एफजेड एक्सको डिलक्स भेरियन्ट र एफजेडएसको सबै भेरियन्ट हाइब्रिड टेक इन्जिनमा आउने भएको हो । यामाहाले तयार पारेको हाइब्रिड टेक्नोलोजीमा सानो साइजको ब्याट्रीले इलेक्ट्रीक मोटरलाई पावर दिन्छ । जसले स्टार्टर मोटर र जेनेरेट दुवैको काम गर्छ । यसमा भएको साइलेन्ट स्र्टाट÷स्टप सिस्टमले यसको फ्यूल इफिसेन्सी एकदमै राम्रो बनाउँछ ।

कम्पनीले यसमा नयाँ फिचरको रुपमा टीएफटी डिस्प्ले दिएको छ । यसमा कनेक्टेड फिचर समेत दिएको छ । यामाहाले आर १५ मा प्रयोग गरेको टीएफटी डिस्प्ले दिएको अनुमान गर्न सकिन्छ । १५० सीसी सेग्मेन्टमा अन्य मोटरसाइकलमा टीएफटी डिस्प्ले उपलब्ध छैन ।


Back_to_top