काठमाडौं । ‘महिन्द्रा उत्सव : महिन्द्राको छड्के सलाम, जित्नुहोस् लाखौंको इनाम’ योजनाको विजेता घोषणा गरिएको छ ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले बिहीबार एक समारोहका बीच विजेता घोषणा गरिएको हो ।
महिन्द्राले गत असोजमा हरेक वर्ष जस्तै विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको थियो । यो योजना चाडपर्व अवधिभर २०८१ असोज १ गतेदेखि पुस १६ गतेसम्म लागू गरिएको थियो ।
यस योजना अन्तर्गत महिन्द्रा ट्र्याक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्डका अलावा बम्पर इनाम अन्तर्गत घोषणामा १ लाख, २ लाख, र ४ लाख नगद जित्ने थप तीन मौकाहरू पाउने व्यवस्था रहेको थियो ।
उक्त योजनाअनुरुप नै विजेता घोषणा कार्यक्रममार्फत बम्पर पुरस्कारका ३ जना भाग्यशाली विजेताहरू ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी घोषणा गरिएको हो ।
गोलाप्रथाबाट गोपिचन्द्र पार्कीले १ लाख, सुस्मिता नेपालले २ लाख र महमद सेखु आलमले ४ लाख रुपैयाँ पुरस्कार जितेका हुन् ।
विजेताहरूलाई २ हप्ता भित्र नगद इनाम हस्तान्तरण गरिने कम्पनीको योजना छ । साथै, विजेताहरूले औपचारिक भेटघाट कार्यक्रममा अभेनेत्री स्वस्तिमा खड्कालाई भेट्ने मौका समेत पाउने छन् ।