सुजुकीको ‘ई फर मी’ भिजन, ७ दिनपछि सार्वजनिक हुँदै ‘ई-भिटारा’

काठमाडौं । मारुती सुजुकी इन्डियाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ई-भिटारा सार्वजनिक गर्ने भएको छ । कम्पनीले जनवरी १७ तारिखमा सुजुकी ई-भिटारा ल्याउने भएको हो ।

भारत मोविलिटी एक्स्पो २०२५ को पहिलो दिन नै ई-भिटारा सार्वजनिक गर्ने कम्पनीले आफ्नो सोसल मिडिया पेजहरुबाट जानकारी दिइसकेको छ । सुजुकीले आफ्नो इमोविलिटीको लक्ष्यलाई ‘ई फर मी’ नारासहित बजारमा सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले प्रयोग गरेको ‘ई फर मी’ विशुद्ध इलेक्ट्रीक प्रोडक्ट र त्यसको लागि आवश्यक पर्ने सपोर्टहरुको इकोसिस्टममा निर्माणमा केन्द्रित हुने बताएको छ । भारत मोविलिटी एक्स्पोमा ‘मेड इन इन्डिया फर दी वर्ल्ड’ नारासहित सुजुकी इन्डियाले ३३०० मिटर स्क्वायर क्षेत्रफलमा विशाल स्टल निर्माण गरिरहेको छ ।

मारुती सुजुकीले ई-भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ । यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।

फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सन रहने छ । ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर पनि ईभिटारामा हुनेछ ।

सुजुकीको नयाँ ईभी टेक्नलोजी र फिचरले भरिपूर्ण रहेको छ । फ्रन्ट र रियरमा ट्राइस्ल्यास डिजाइनको एलइडी डीआरएल दिएको ईभिटाराको चार्जिङ पोर्ट भने फ्रन्टमा दिएको छ ।

ई-भिटारामा इन्टेरियरमा फ्लोटिङ डिउल स्क्रीन, अटोमेटिक क्लाइमेट कन्टोल, ३६० डिग्री क्यामरा, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील एडास, प्यानारोमिक सनरुफ, इलेक्टोनिक पार्किङ ब्रेक, अटोहोल्ड, हिल डिसेन्ट कन्टोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर छन् ।

मारुती सुजुकी ई-भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ । यो ईभी २७०० एमएमको ह्वीलबेसमा बनेको हो । ईभिटाराको अलह्वील डाइभमा १९ इन्चको ह्वील दिएको छ भने सिंगल डाइभमा १८ इन्चको ह्वील रहेको छ । यो ईभीको ग्राउण्ड क्लियरेन्स भने १८० एमएम रहने अनुमान गरिएको छ ।

टोयोटाको ४० पीएल बर्न इलेक्ट्रीक प्लेटफर्ममा बनेको यो मिडसाइज एसयूभी भारतमा बिक्री सुरु भएको केही महिनामै नेपाली बजारमा पनि बिक्रीको लागि उपलब्ध हुनेछ ।


Back_to_top