टाटा कर्भ ईभी चाँडै नेपाल आउने, सडकमा गुडाउँदा रेन्ज कति ?

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा कर्भ ईभी नेपाल ल्याउन भएको छ । भारतमा चार महिना अगाडि बिक्री सुरु भएको कर्भ ईभी फेब्रुअरी अन्तिमसम्ममा नेपालमा बिक्री सुरु हुने भएको हो ।

टाटा मोटर्सको पहिलो कुप्पे डिजाइन एसयूभी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध छ । नेपाली बजारमा दुबै ब्याट्री अप्सनमा आउँछ वा एउटा मात्रै ब्याट्री साइजमा उपलब्ध हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन ।

टाटा कर्भ ईभीको ठूलो ब्याट्रीले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने एमआईडीसी टेस्ले देखाएको छ । तर, एमआइडीसीले तोकेको रेन्ज अहिलेसम्म कुनै पनि मोडलले प्राप्त गर्न सकेको छैन । टाटा मोटर्सले भने कर्भ ईभीको ४५ र ५५ किलोवाट आवर क्षमताको ब्याट्रीले क्रमशः ३४० र ४०० किलोमिटरसम्म रेन्ज दिने जनाएको छ ।

टाटाले कर्भ ईभीमा ब्याट्री जस्तै मोटर पनि फरक साइजमा उपलब्ध गराएको छ । यसको ५५ किलोवाट आवरको ब्याट्री प्याकसँग १२५ किलोवाट र ४५ किलोवाट अवारको सानो ब्याट्रीसँग ११२ किलोवाट क्षमताको मोटर दिएको छ ।

कम्पनीले यसमा १८ इन्चको अलोय, १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिएको छ । टाटाको दावी अनुसार कर्भ ईभीलाई ४५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुड्न सकिन्छ । कुप्पे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ । यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन ९ सेकेन्ड मात्रै लाग्छ ।

अत्याधुनिक फिचरहरुले सुसज्जित कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा बनाइएको छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

त्यसैगरी, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक शनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउण्ड सिस्टम, ५०० लिटरको बुट स्पेश कर्भ ईभीमा पाउन सकिन्छ ।

भारत एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ डाउजीनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेवल २ एडास फिचर दिइएको छ ।


Back_to_top