नेपाल आयो अगाडि दुई पाङ्ग्रा भएको स्कुटर, यस्तो छ मूल्य

काठमाडौं । क्यालिबर अटोमोवाइल कम्पनीले अगाडि दुई र पछाडि एक पाङ्ग्रा भएको इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ ब्राण्ड ‘दुहान’को इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो ।

क्यालिबर अटोले तीन पाङ्ग्रे आईट्यांक र आईट्यांगो दुई मोडल बजारमा ल्याएको हो । यी दुई मोडलको मूल्य क्रमशः २ लाख ३१ हजार ९०० र ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकेर विक्री सुरु भएको छ ।

दुहान आइट्यांकले एक पटकको फुल चार्जमा ४५ देखि ७५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसमा १.५ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ ।

व्याक गियर यो स्कुटरको अर्को सवल पक्ष हो । साथै, क्रुज कन्ट्रोल, दुई व्याट्री राख्ने ठाउँ, रोल लक सिस्टम जस्ता फिचर यसमा पाउन सकिन्छ ।
त्यसैगरी आईट्यांगोमा १.२ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । यसको पनि रेञ्ज र सुरक्षा फिचर आईट्यांकको जस्तै रहेको छ ।
कम्पनीले इसेवान दुई पाङ्ग्रे इलेक्ट्रीक स्कुटर पनि विक्री सुरु गरेको छ । यसमा पनि १.५ किलोवाट अवरको व्याट्री दिइएको छ भने यसको रेञ्ज ४० देखि ५० किलोमिटर मात्रै रहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । साथै, कम्पनीले उर्नास स्कुटर पनि विक्री सुरु गरेको हो ।


Back_to_top