काठमाडौं । चिनियाँ ब्राण्ड याडियाका प्रिमियम इलेक्ट्रीक स्कुटरमा २५ हजार नगद छुट, दुई वटा हेल्मेट निःशुल्क र २ हजार बराबरको फुड भौचर दिने योजना सार्वजनिक भएको छ । याडियाको आधिकारीक विक्रेता कुजु नेपालले यो स्कीम सार्वजनिक गरेको हो ।
‘विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले भने ।
कम्पनीले यस बाहेक व्याज नलाग्ने स्कीम पनि दिएको छ । जसमा कर्जा लिएको रकममा कुनै अतिरिक्त व्याज लाग्ने छैन । एक वर्षको सडक दस्तुर, एक्सचेन्ज सुविधा र सहज फाइनान्स सेवा ग्राहकले पाउने छन् ।
कुजु नेपाल प्रालिले अहिले विभिन्न ४ भेरियन्टमा इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने एस लाइक सिंगल व्याट्री भएको मोडलको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने यसको डबल व्याट्री भेरियन्टको मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी याडिया जी५ को मूल्य ३ लाख ३० हजार र सि वान एस मोडलको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । यी स्कुटरले एक पटकको फुल चार्जमा ६० किलोमिटरदेखि १२० किलोमिटरसम्म रेञ्ज प्रदान गर्नेछ ।
कम्पनीले सबै स्कुटरको व्याट्री र मोटरमा २ वर्ष र चार्जरमा एक वर्षको वारेन्टी प्रदान गरेको छ ।


