इलेक्ट्रीक कार E8 को बिक्री सुरु हुँदै, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपालमा इलेक्ट्रीक सवारीसाधनको बिक्री वितरण गर्दै आएको दिगो ग्रुपले एकपछि अर्काे इलेक्ट्रीक कार नेपाल भित्र्याइरहेको छ । केही समय अगाडिमात्रै दुई ब्याट्री अप्सनमा उपलब्ध ‘दाय इभी’ ल्याएको यो ग्रुपले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको ‘दिगो इ ८’ अब भने बिक्री सुरु गर्ने भएको छ । नेपाली बजारमा यो कार १८ लाख ९५ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ ।

यो कारलाई ७.५ किलोवाटको एसी मोटरसंगै १४.६ किलोवाटको लिथियम आयन फोस्फोरसले पावरट्रेन प्रदान गर्छ । यसले अधिकतम १५० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । 

प्रतिघन्टा ६० देखि ७० किलोमिटरको टपस्पिड क्षमता भएको यो कारले सिंगल फुल चार्जमा २ सय किलोमिटरको रेन्ज प्रदान गर्छ ।

डायमेन्सनको कुरा गर्दा यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम रहेको छ भने, लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ । २३४५ एमएम ह्वीलवेश भएको यो कारमा पाँच जना प्यासेन्जर अट्न सक्नेछन् ।

स्टान्र्डड र इकोनमिकल ड्राइभिङ अप्सन भएको दिगो इ ८ मा ब्रेकिङ ओरभिएम, हिल असिस्ट कन्ट्रोल, रिजेनेरिटीभ ब्रेकिङ सिस्टम, पावर विन्डो, एसी भेन्ट, हिटर ब्याट्री म्यानेजमेन्ट सिस्टम, फग ल्याम्प, एबीएस, इबीडी जस्ता विभिन्न सुविधा दिइएको छ । 

आकर्षक सुरक्षा फिचर भएको यो कारमा मल्टी मिडिया टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्ल्युटुथ कनेक्टीभिटी लगायतका आधुनिक फिचर समेटिएका छन् ।


Back_to_top