जाडो लागेसँगै हुन्डाईको ‘विन्टर डिलाईट’ योजना, यस्ता छन् छुट

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाईट’  योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधा पाउने कम्पनीले जनाएको छ । 

यस योजना अन्तर्गत हुन्डाईका गाडी किन्ने ग्राहकले हरेक गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्षसम्मको बीमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुविधा र एक वर्षसम्मको निःशुल्क सडक कर प्राप्त गर्न सक्नेछन् । 

साथै हरेक गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । 

चिसो मौसममा पनि यस ‘विन्टर डिलाईट’ ले ग्राहकवर्गमा न्यानोपनको आभाष दिने दाबी कम्पनीले गरेको छ । यो योजना सिमित अवधिको लागिमा लागुहुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 


Back_to_top