चैतमा आयो ६७८ यूनिट इलेक्ट्रीक चार पाङ्ग्रे, कुन किलोवाटको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको गाडी आयातको रिपोर्ट भन्सार विभागले सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा ६७८ यूनिट विद्युतीय साधन आयात भएका हुन् ।

चैतमा सबैभन्दा धेरै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका मोटर जडान भएका विद्युतीय गाडी आयात भएका छन् । यस अवधिमा ४८३ यूनिट इलेक्ट्रीक कार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका आयात भएको देखिन्छ ।

त्यस्तै, ५० किलोवाट क्षमताभन्दा कम पावरका मोटर भएका गाडीको आयात १५६ यूनिट, १०१ देखि २०० किलोवाट क्षमताका १८ यूनिट र २०१ किलोवाट माथि १ यूनिट आयात भएको भन्सारले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ ।

फागुन मसान्तसम्म ६ हजार ४१५ यूनिट विद्युतीय चार पाङ्ग्रे आयात भएकोमा चैत महिनामा ६७८ यूनिट बढेर ७ हजार ९३ यूनिट पुगेको हो ।


Back_to_top