‘किया क्लाभिस’ इलेक्ट्रीक एसयूभी परिक्षणमा

काठमाडौं । कियाले भारतमा उत्पादन गर्ने क्लाभिस ईभीको सडक परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका छन् । कोरियन निर्माताले सब फोर मिटर एसयूभी सेग्मेन्टमा क्लाभिस ल्याउन लागेको हो ।

अहिलेकै अवस्थामा टाटा पन्च र नेक्सन ईभीको प्रतिस्पर्धीको रुपमा क्लाभिस आउन लागेको अनुमान गर्न सकिन्छ । कियाले सन् २०२४ को आगामी फेस्टीभ सिजनमा क्लाभिस एसयूभी भारतबाट बिक्री सुरु गर्दैछ । कम्पनीले त्यसको केही महिनापछि बिक्री सुरु गर्ने अनुमान गरिएको क्लाभिस ईभीको पनि परिक्षण थालेको हो ।

कियाले क्लाभिस ईभीमा रहने मोटर, पावर र रेन्ज लगायत विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, प्रतिस्पर्धी अनुसारकै मोडल आउने भएको कारण क्लाभिसमा ४० किलोवाट आवरको ब्याट्री रहने अनुमान गर्न सकिन्छ ।

करिब ३०० किलोमिटर आसपास रेन्ज दिने क्लाभिसमा एडास सहितको सुरक्षा फिचर रहनेछन् । ३६० डिग्री क्यामेरा, भ्यान्टिलेटेड सिट, पार्किङ सेन्सर जस्ता फिचरहरु यसमा पाइने छ ।

बक्सी बडी डिजाइनमा आउने क्लाभिसमा भर्टिकल एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लस टाइप डोर ह्याण्डल, फङ्गशनल रुफरेल जस्ता फिचर छन् ।


Back_to_top