अब दर्ता नगरी इलेक्ट्रीक सवारी साधन चलाए कारबाही हुने

काठमाडौं । अब दर्ता नगरिएका इलेक्ट्रीक सवारी साधन चलाएमा कारबाही हुने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ देखि यातायात कार्यलयमा दर्ता नभएका इलेक्ट्रीक सवारी साधन चलाएको पाइएमा कारबाही गर्ने भएको हो ।

ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कुने पनि इलेक्ट्रीक स्कुटर, मोटरसाइकल लगायतका सवारीसाधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहेको बताए ।

‘विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेतअनिवार्यरूपमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि धेरैजसो दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको छ। त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिनेछ,’ उनले भने। नम्बरप्लेट नलिई, हेलमेट नलगाई इलेक्ट्रीक स्कुटहरु चलाएको पाइएमा कारबाही गरिने उनले बताए ।

यसका साथै तीव्र गतिमा सवारीसाधन चलाउनेलाई मङ्सिर १५ गतेबाट ट्राफिक नियमअनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम लागू गरेको छ।


Back_to_top