नयाँ वर्षबाट बिक्री सुरू हुँदै ‘इमास फाइभ’, कति पर्ला मूल्य ?

काठमाडौं । प्रोटोनको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आगामी नयाँ वर्षबाट बिक्री थाल्ने योजना सहित इमास फाइभ नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने इमास फाइभ ह्याचब्याक कार हो ।

जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै रिब्याचिङ गरेर इमास फाइभ बनाइएको हो । मलेशियन ब्राण्ड प्रोटोनले इमास फाइभ स्थानीय बजारमा बिक्री सुरू गरिसकेको छ ।

चीनमा अहिले पनि निरन्तर ‘टप सेलिङ मोडल’ बनिरहेको यो ह्याचब्याक कार निकै सार्प लुकमा तयार भएको छ । हुनत नेपालमा ह्याचब्याक कारको बजार विस्तारै खुम्चदै गएको छ ।

जिलीले ‘स्माइल’ थिममा तयार पारेको इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ ।

जिलीले यसमा दुई मोटर र दुई ब्याट्री अप्सन दिएको छ । जसमा सानो ५८ किलोवाट क्षमताको मोटर र ठूलो ८५ किलोवाटको मोटर छ । सम्भवतः नेपाली बजारमा ठूलो मोटर मात्रै आउने छ ।

यसमा उपलब्ध दुई ब्याट्री अप्सनमा सानो ब्याट्री ३०.१२ किलोवाट आवर र ठूलो ब्याट्र ४०.१६ किलोवाट आवरको छ । ‘जिली सेन्डम ब्याट्री सेफ्टी सिस्टम’ यसमा पाउन सकिन्छ ।

पाँच जनाले आरामदायी यात्रा गर्न मिल्ने ह्याचब्याकलाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । सुरक्षाको लागि एडास २.० फिचर उपलब्ध कारमा थुप्रै आधुनिक फिचर छन् ।

८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ किसिमको २५६ कलर एम्बियन्ट लाइट, किलेस इन्ट्री, चार स्पीकर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट दिइएको छ ।


Back_to_top