धरानमा ६ वटा बसमा आगलागी

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-८ मा पार्किङ गरेर राखिएका ६ वटा बसमा आगलागी भएको छ ।

मंगलबार राति धरानस्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीमा तीन वटा बस जलेर पूर्ण रूपमा नष्ट भएका छन् । थप ३ बसमा आंशिक क्षति पुगेको छ ।

प्रहरीका अनुसार कन्काइ यातायातको प्र. १-०१-००१ ख ४०३७ नम्बर, पाथिभरा दर्शनको बा. ४ ख ५७५९ नम्बर र कृष्ण बसको को. १ख ६२७४ नम्बरको बस जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

त्यस्तै, को. १ ख ३८४७ नम्बर, बा. ५ ख ५८१४ र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Back_to_top