६ लाख ६० हजार डाउन पेमेन्टमा नामी-०१

काठमाडौं । डोङफेङ नामी-०१ को स्टायण्डर्ड भेरियन्ट किन्ने ग्राहकले ६ लाख ६० हजार डाउन पेमेन्ट गर्दा पुग्छ । कम्पनीले ल्याएको ३१ किलोवाट आवरको ब्याट्री प्याक भएको नामी-०१ को अधिकतम खुद्रा मूल्य ३२ लाख ९९ हजार तोकिएको छ ।

कम्पनीले अहिले तोकेको मूल्य अन्तिम भने होइन । अझै त्यसमा केही मूल्य घट्न सक्ने देखिन्छ । नाडा अटो शोलाई मध्यनजर गर्दै कम्पनीले नयाँ मूल्य ल्याउन सक्ने कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

अहिले प्रकाशित खुद्रा मूल्य अनुसार नै किन्दा ६ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ । बाँकी रकम २६ लाख ३९ हजार २०० रुपैयाँ कर्जा सुविधा लिन सक्नेछन् ।

अहिले बैंकहरुले ९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध छ । यसरी लिइएको कर्जा ७ वर्ष भित्र मासिक ४२ हजार ४६५ रुपैयाँ हाराहारी तिर्नु पर्ने हुन्छ ।


Back_to_top