नाडा अटो शो २०२४ को तयारी पूरा, ५५ ब्राण्डले सहभागिता जनाउने

काठमाडौं । यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ को तयारी पूरा भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो ।

नाडा अटो शोमा ९५ प्रदर्शकहरूको १३० स्टलहरू रहने छन् । जसमा २४ चारपाँग्रे, १९ दुईपाँग्रे  र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् ।

साथै, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटोसम्बन्धी ३३ कम्पनीको सहभागिता रहने छ ।  त्यस्तै, ७ वटा बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउने नाडाले जनाएको छ ।

अटो शोको मुख्य प्रायोजक टाटा डट ईभी मुख्य प्रायोजक रहेको छ । त्यस्तै, सर्भाे लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी सह–प्रायोजक रहेका छन् ।

यस वर्षको नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने आयोजकको अपेक्षा छ ।  यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्नेछ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने नाडाको भनाइ छ ।

अवलोकनकर्ताले खल्ती एपमार्फत अग्रिम रूपमा टिकट खरिद गर्न सक्नेछन् । भदौ १० गतेसम्म अग्रिम टिकट खरिद गर्नेले २० प्रतिशत क्यासब्याक पाउने छन् ।

यस वर्ष ७५ हजार बढीले अटो शो अवलोकन गर्ने नाडाको अनुमान छ ।  एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् । यसलाई सीजी मोटर्स प्रालिले प्रायोजन गरेको छ ।


Back_to_top