सार्वजनिक भयो महिन्द्रा ‘थार रक्स’, नेपाल पनि आउने

काठमाडौं । महिन्द्राले थारको ५ ढोका भएको मोडल सार्वजनिक गरेको छ । कम्पनीले ‘थार रक्स’ नाम दिएर ल्याएको यो मोडल यसअघि बिक्री हुँदै आएको थारभन्दा महंगो मूल्य कायम गरेको हो ।

कम्पनीले नयाँ थारको पेट्रोल भेरियन्टको सुरुवाती मूल्य १२ लाख ९९ हजार भारतीय रुपैयाँ र डिजेल भेरियन्टको मूल्य १३ लाख ९९ हजार तोकेको हो । जुन रेगुलर थारको सुरुवाती भेरियन्टकोभन्दा १ लाख ६४ हजार बढी हो ।

महिन्द्राले इन्ट्री भेरियन्ट नै फिचर लोडेड गरेर ल्याएको जनाएको छ । जसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । ड्यूल टोन एक्सटेरियर, १८ इन्चको ह्वील, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पुस बटम स्टार्ट, हाइट एड्जस्टेवल ड्राइभर सिट, रियर एसी भेन्ट जस्ता फिचर दिएको छ ।

थार रक्समा २.० लिटर टर्बो पेट्रोल इन्जिन र २.२ लिटर डिजेल इन्जिन दिइएको छ । यसको पेट्रोल इन्जिनले १६२ एचपी पावर र ३३० एनएम टर्क जेनेरेट गर्छ । डिजेल इन्जिनले भने १५२ एचपी पाव। । ३३० एनएम टर्क प्रदान गर्ने कम्पनीको दावी छ । यी दुबै इन्जिनसँग वेस भेरियन्ट मात्रै म्यानुअलमा उपलब्ध हुनेछ ।

थार रक्सको इन्टेरियर पनि निकै प्रिमियम रहेको छ । ड्यासबोर्टमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ । ड्यूल टोन इन्टेरियर, लेदर सिट, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ ।

पाँच ढोका भएको थार रक्स नेपाल पनि आउने कम्पनीले जनाएको छ । यसलाई ठ्याक्कै कुन मितिमा नेपाल ल्याउने भन्ने जानकारी कम्पनीले नदिएपनि भारतमा बिक्री सुरु भएको केही महिना भित्रै नेपाल आउने अनुमान भने गर्न सकिन्छ ।


Back_to_top