काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी चीनमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनी बनिसकेको छ । सन् २०२३ बाट बीवाइडी चीनमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनी बनेको हो ।
कम्पनीको बिक्रीमा प्लग इन हाइब्रिड र प्योर इलेक्ट्रीक मोडलको भूमिका महत्वपूर्ण रहँदै आएको छ । रोचक कुरा के छ भने चीनमा सर्वाधिक बिक्री हुने १० प्लग इन हाइब्रिड कार मोडलमा ९ वटा बीवाइडीका छन् ।
जुलाई महिनाको बिक्री तथ्यांक अनुसार बीवाइडी सङ सर्वाधिक बिक्री हुने मोडल भएको छ । एक महिनामा ४८ हजार ७६९ यूनिट सङ हाइब्रिड बिक्री भएको हो । क्यून, डेष्टोयर, सिल, हान, टाङ, डेन्ज जस्ता मोडल अटाएका हुन् ।

उत्कृष्ट बिक्री भएका १० कारको सूचीको १० औं नम्बरमा चेरीको फुलवीन टी-९ मोडल पर्न सफल भएको छ ।


