कारको इन्जिन ‘ओभर हिट’ भए के गर्ने ? गर्नुहोस् यी काम

काठमाडौं । कार मानिसको दैनिकी बन्दै गएको छ । हरेक काममा निस्कदा मानिसलाई गन्तब्यमा पुर्याउने काम कारले नै गर्छ । अझ हाम्रो जस्तो अस्तव्यस्थ सार्वजनिक यातायात भएको देशमा त कारको जरुरी धेरैलाई हुने गर्छ । तर, महंगो मूल्य र करको कारण धेरै मानिसको पहुँचमा कार पुग्न सकिरहेको छैन ।

हामीलाई सुरक्षीत गन्तव्यमा पुर्याउने कारको इन्जिन मुटु हो । यसमा केहि गडवडी भएमा इन्जिन तात्ने र कहिले काहीँ सिज नै हुने समस्या सृजना हुन्छ । यस्तोमा कारको इन्जिनलाई कसरी बचाउने भन्ने विषयमा हरेक चालक वा कारधनीले ध्यान दिदा पछि धेरै खर्च गर्नु पर्ने झन्झटबाट मुक्त हुन सकिन्छ ।

हाम्रा सडक उकालो, ओरालो र घुमाउरा रहेका छन् । विशेषत उकालोमा कार चलाउँदा कारको इन्जिन ‘ओभर हिट’ हुने समस्या देखिए तत्काल निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।

१. कुलेन्टमा ध्यान दिनेः गाडीको इन्जिनलाई चिसो बनाइराख्न कुलेन्ट हालिएको हुन्छ । यसले इन्जिनको ताक्रम बढ्दै जाँदा चिसो बनाउने काम गरिरहेको हुन्छ । खवार क्वालिटीको कुलेन्ट परेमा वा कहिँ कतै लिक भएर कुलेन्ट पोखिएमा इन्जिन ज्यादा तात्ने समस्या आउन सक्छ ।

त्यसले यसको परिषण वेला वखत गराई राख्नु पर्ने हुन्छ । कुलेन्टसँग पानी पनि मिलाएर हाल्नु पर्ने हुँदा त्यसको मात्रा आफैँ मिलाउन कठिन हुनसक्छ । त्यसैले कुलेन्ट वर्कसपमा लगेर विज्ञलाई हाल्न लगाउनु पर्छ ।

२. बन्द हुने समस्याः यदि तपाईको कारमा कुलेन्टको मात्रा ठिक छ तर, पनि कार तात्ने समस्या रहिरहेको छ भने कुलेन्ट सर्कुलेसन रोकिएको हुन सक्छ । यस्तो अवस्थामा कुलेन्ट सर्कुलेसन हुने पाइप चेक गर्नु पर्ने हुन्छ । सडकमा हुने हिलो, धुलो कुलेन्ट पाइपमा पुगेर पाइपलाई नै बन्द गरेको हुन सक्छ । यस्तो अवस्थामा उक्त पाइपलाई निकाले सफा गरेर पुनः राखेपछि समस्या समाधान हुन्छ ।

३. कुलिङ सिस्टम लिक भएमाः कारको इन्जिन तात्नु नियमित प्रक्रिया हो । सँगै यसलाई चिसो बनाउन कुलिङ सिस्टम दिइएको हुन्छ । यदि इन्जिन आवश्यकता भन्दा बढी तातो भएमा रेडियटर, वाटर पम्प, होज, हेड ग्यासकेट, थर्मोस्टेड हाउजिङमा समस्या आएको हुन सक्छ । यस्तो अवस्थामा तुरुन्तै सर्भिस सेन्टर लगेर समस्या समाधान गर्नु पर्छ ।


Back_to_top