पल्सर २२० को २०२१ मोडल सार्वजनिक, थपिए यी फिचर

काठमाडौं । बजाजले आफ्नो चर्चित मोडल पल्सर २२० एफको २०२१ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सामान्य कस्मेटिक परिवर्तन सहित यसको २०२१ मोडल सार्वजनिक गरेको हो ।

बजाज पल्सर २२० एफको इन्स्ट्रुमेन्ट कल्ष्टरमा नयाँ फिचर थप गरेर भारतीय भारतमा सार्वजनिक गरिएको छ ।

बजाज पल्सर २२० भारत तथा नेपाली बजारमा सर्वाधिक रुचाइएको मोटरसाइकल हो । यो मोटरसाइकल कम्पनीले सन् २००७ मा उत्पादन सुरु भएको थियो । विगत १४ वर्षदेखि यो मोटरसाइकल चर्चामा रहन सफल हुँदै आएको छ ।

नयाँ बजाज पल्सर २२० एफमा सामान्य अपग्रेड गरिएको छ । पल्सर २२० एफको रियर ह्वीलमा स्पीडोमिटर वायर जडान गरिएको छ ।

यसअघि उक्त वायर फ्रन्ट ह्वीलमा जडान गरिएको थियो । यसका अलावा कम्पनीले यसको इन्स्टुमेन्ट कल्स्टरमा नयाँ फिचर थप गरेको छ । यसमा सेमी डिजिटल कन्सोललाई निरन्तरता दिइएको छ । तर, यसको वनावटमा सामान्य परिवर्तन गरिएको छ ।

यसमा फ्युल गजलाई दाहिने तर्फ तल रिप्लेस गरिएको छ । त्यस्तै ट्रीप मिटर र ओडोमिटलाई दाहिने तर्फ रिप्लेस गरिएको छ । यो कन्सोलको बीचको भाग स्पीडोमिटरलाई डेडिकेट गरेर बनाइएको छ । त्यस्तै यसमा थप गरिएको साइड स्ट्यान्ड वार्निङ सिंग्नललाई टपमा राखिएको छ ।

यसमा फ्युल इकोनोमी रिडआउट तथा रेन्ज टु इम्पीटीसमेत थप गरिएको छ ।

यसका अलावा कुनै मेनकानीकल परिर्वतन गरिएको छैन । बजाज पल्सर २२० एफमा २२० सीसी एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले २०.४ पीएस पावर तथा १८.५५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । कम्पनीले यसको मूल्य केहि बढाएको छ ।


Back_to_top