सन् २०२० विश्व अटो बजारको लागि खराब वर्ष रह्यो । कोरोनाको महामारिका कारणले विश्व लकडाउन हुदाँ अटो बजार क्षेत्र पनि अछुत रहन सकेन । अझैपनि कम्पोनेन्ट उत्पादन र सप्लाईमा समस्या चलिरहेकाले बजारको माग अनुसार पार्टस् उपलब्ध हुन नसकेको अटो उत्पादक कम्पनीहरुको भनाई छ ।
विश्वको ठूलो मध्यै एक भारतीय अटो बजारको प्यासेन्जर भेहिकलको विक्री सन् २०२० मा ठूलो गिरावट आयो । भारतको अर्थतन्त्रमा सन् २०१९ देखि नै मन्दी आएका थियो । जसको कारण सन् २०१८ को दाँजोमा २०१९ मा नै १३ प्रतिशतले विक्री घटेको थियो ।
सन् २०२० मा कोभिडको कारण थप १७ प्रतिशतले बजार घटोको छ । सन् २०१८ मा ३३ लाख ४९ हजार कार विक्री पुगेको थियो । तर, सन् २०१९ मा २९ लाख २६ हजार युनिट मात्र विक्री हुन सकेको थियो । सन् २०१९ को दोजोमा सन् २०२० मा प्यासेन्जर भेहिकलको विक्रीमा झण्डै ५ लाख युनिटले घटेको हो । सन् २०२० मा भारतीय अटोमोवाइल बजारमा कुल २४ लाख २७ हजार यूनिट मात्र कार विक्री भयो ।
सन् २०२० को सुरुवातमा देखिनै कमजोर बजार माग र अप्रिलदेखि लागु भएको बीएस ६ को मापदण्डले झनै नकारात्मक प्रभाव पारेको थियो । बीएस ६ लागु भएपछि सम्पूर्ण अटोमोवाइलको मूल्यमा बढोत्तरी भएकोले पनि विक्रीमा मन्दी आएको हो । कतिपय कम्पनीहरुले बीएस ६ को मापदण्डमा सरकारले केहि समय थप गरिदिन्छ कि भनेर नयाँ इन्जिन विकास गर्न ढिलाई समेत गरे ।
भारतको मुख्य सहरहरुमा लगडाउन हटेपछि भने अटोमोवाइल मार्केटमा माग बढेको देखियो । तर, फ्याक्ट्री नै बन्द हुनु र पार्टसको सप्लाईमा समस्या हुनुले उत्पादकले गाडी पूर्ण क्षमतामा उत्पादन गर्न सकेनन् ।


