२१ नोभेम्बरमा सार्वजनिक हुँदै मारुती एर्टिगा, यस्ता छन् विशेषता

मारुती सुजुकीले ‘एर्टिगा–२०१८’ लाई २१ नाभेम्बरमा बजारमा उतार्ने भएको छ । नयाँ एमपीभी गाडीलाई कम्पनीले हेयरटेक प्लेट–फर्ममा आधारित रहेर निर्माण गरेको हो । 

कम्पनीले यस वर्ष नयाँ जेनेरेशन स्विफ्ट र सियाज फेसलिफ्टलाई बजारमा सार्वजनिक गरिसकेको छ । मारुती एर्टिगा १.४ लिटर के–१५ बी पेट्रोल इन्जिनकासाथै १.५ लिटर डिजेल इन्जिनमा समेत उपलब्ध हुनेछ ।

कम्पनीले एर्टिगामा सुजुकीको एसएचभीएस मिल्ड हाइब्रिड सिस्टम दिएको छ । यसमा दिइएको पेट्रोल इञ्जिनले ९२ पीएस पावर र १३० एनएम–टर्क उत्पादन गर्छ ।

पुरानो एर्टिगाको तुलनामा यसको लम्बाई ४३९५ मिमि, चौडाई १७३५ मिमि र उचाई १६९० मिमि बढि रहेको छ । यसको ह्वील–वेश २७४० मिमि रहेको छ । कम्पनीले यसको लम्बाई, चौडाई, उचाई र बुट स्पेश पहिलाभन्दा ठूलो बनाएको छ । पुरानो तुलनामा अर्टिगाको डिजाइन निकै परिमार्जन गरिएको छ । स्पोर्टी–लूक ग्रिल, स्लिम हेडल्याम्प, नयाँ क्रोम–फिनिश र साइडमा नयाँ क्यारेक्टर लाइसेन्स दिइएको छ । 

इन्टेरियरमा ड्यासबोर्ड, एप्पल कार–प्ले र एन्ड्रोएड अटोकासाथै नयाँ इन्फोटेनमेन्ट सिस्टम, नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ फ्लाटवटम स्टेयरिब्ग ह्वील, अटोमेटिक एसी, क्रूज कन्ट्रोल र प्रिमियम फिनिस दिइएको छ ।


Back_to_top