जापानीज टु ह्वीलर कम्पनी यामाहाले १५५ सीसी क्षमताको स्कुटर एनम्याक्स सार्वजनिक गर्ने तयारी गरेको छ ।
भारतीय बजारमा स्कुटरको बढ्दो माग र अन्य कम्पनीहरुले नयाँ नयाँ प्रडक्ट लञ्च गरिरहेकाले यामाहाले पनि भारतीय बजारमा नयाँ स्कुटर ल्याउन लागेको हो ।
पछिल्लो दिनमा टीभीएस, होन्डा, हिरोलगायत कम्पनीले नयाँ स्कुटर सार्वजनिक गरिरहेको समयमा कम्पनीले २०१९ को जुन महिनासम्ममा भारतीय बजारमा नयाँ मोडल ल्याउन लागेको जनाएको छ ।
कम्पनीले यो स्कुटरलाई फिलिपिन्समा भने यसअघि नै बिक्री वितरण गरिरहेको छ । फिलिपिन्समा यो स्कुटरको मूल्य २ लाख ४० हजार नेपाली रुपैयाँमा बिक्री वितरण गरिरहेको छ ।
१५५ सीसी लिक्विड कुल्ड ४ भल्व इन्जिन दिइने यो स्कुटर निकै पावर फुल हुने छ । उक्त इन्जिनले १४.८ पीएस पावर र १४.४ एनएम टर्क जेनेरेट गर्छ ।
उत्कृष्ट फिचरसहित आउने यो स्कुटरमा एलइडी लाइटिङ सेटअप हुनेछ । डिजिटल इन्ट्रुमेन्टल क्लस्टर, एबीएस, डिस्क ब्रेकजस्ता फिचर दिइएको छ । साथै यसमा विन्डस्कृन, स्प्लिट फ्लोरबार्ड र लामो सिट दिइएको छ ।
भारतीय बजारमा यसको मूल्य ८० हजार भारतीय रुपैयाँको हाराहारीमा यसको मूल्य अनुमान गरिएको छ । तर, कम्पनीले यसको मूल्यका विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
भारतीय बजारमा सार्वजनिक भएको केही महिनामा नै एनम्याक्स नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

