यो हो हुन्डाईको भी६ इन्जिनमा बनेको सस्तो सुपर कार

फेरारी, लेम्बोर्गिनी, मासेराती, बुगाटी भेरोन जस्ता महंगा अल्ट्रा लग्जरी सुपर कार हरेक तिब्रगति चाहने मानीसको रोजाईमा पर्ने कार हो । तर, मूल्यका कारण ठुला बिजनेश म्यानसमेत यस्ता कार सहजै खरिद गर्न सक्दैनन् ।

संसारमा यी सुपरकार चढ्न चाहने मानिसको ठूलो जमात रहेको छ । त्यस्ता जमातले नयाँ सुपरकार खरिदगर्न नसक्ने भएकाले इरानको एक गाडी निर्माता कम्पनीले करिब ४ वर्ष लगाएर सुपरकार निर्माण गरेको छ । 

इरानको मसौदा मराडी र उनको कम्पनीले कडा मेहिनत गर्दै संसारको सबैभन्दा महंगो मध्यको लेम्बोर्गिनी मर्सिएलेगो एसभी सुपरकार जस्तै देखिने कार निर्माण गरेको छ । 

बाहिरबाट हेर्दा हुबहु लाग्ने यो कारलाई पहेँलो कलर दिइएको छ । कसैलेपनि बाहिरबाट हेर्दा यो कारलाई नक्कली कार भन्न सक्दैन । निर्माण कम्पनीका अनुसार यसको चेचिसपनि ओरजीनल लेम्बोर्गिनीको जस्तै रहेको छ । 

यो कारलाई कम्पनीले कार्बन फाइवर र अलग अलग कम्पोनेन्ट जोडेर बनाइएको छ । देख्दाउस्तै देखिएपनि चलाउँदा भने ओरिजीनल फिल पाउन नसकिने कम्पनीले जनाएको छ । 

अहिलेसम्म टेष्टिङ पूर्वाधार नहुँदा यसको हाइस्पीड टेष्ट गरिएको छैन । यसमा हुन्डाई मोटर्सको ३.८ लिटर भी६ इन्जिन दिइएको छ । पावरफुल इन्जिनको प्रयोग गरिएकाले यसको टप स्पीड करिब २८० किलोमिटर प्रतिघन्टा रहने अनुमान गरिएको छ ।

कम्पनीले यसलाई बजारमा बिक्री वितरणको लागि उतार्ने जनाएको छ । यदि ग्राहकबाट डिमान्ड आउने हो भने वार्षिक ५० देखि १०० यूनिटसम्म कार उत्पादन गर्ने पूर्वाधार आफुले तयार गरेको मोराडीले जानकारी दिएका छन् । यसको मूल्य अहिल्यै नखुलाईएपनि ओरिजीनलको तुलनामा १० गुना सस्तो रहेने कम्पनीको दाबी छ ।   


Back_to_top