भारतीय बजारमा जेडी पावरले बिक्री पछिको सेवामा कुन कम्पनीले कस्तो सर्भिस दिइरहेका छन् भनेर सर्वे रिपोर्ट सार्वजनिक गरेको छ ।
उक्त सर्वेक्षण अनुसार हुन्डाईको बिक्री पछिको सेवा निकै उत्कृष्ट रहेको देखाएको छ । १००० पूर्णाङ्कमा हुन्डाईले ९१२ अंक प्राप्त गरी ५ स्टार रेटिङ पाएको छ ।
जेडी रिपोर्ट अनुसार टाटा मोटर्स ८७४ दोस्रो नम्बरमा परेको छ र ८६५ अंक प्राप्तगरी तेस्रो नम्बरमा महिन्द्राको सेवाले स्थान पाएको छन् । त्यसपछि क्रमशः फोर्ड ८२९, टोयोटा ८२७, ड्याटसन ८१५, होन्डा ८१०, मारुती सुजुकी ८०४, फक्सवागन ७९६, रेनो ७९४, निसान ७९३ र सेभ्रोले ७८९ अंकसहित उत्कृष्ट १३ मा परेका छन् ।
जेडी पावरले २०१५ मार्चदेखि २०१७ अगस्ट सम्म कार किनेका ९ हजार ४५ जना क्रेताहरुसँग प्रश्नोत्तर गरेर मार्च २०१८ देखि अगस्त २०१८को बीचमा सर्वे रिपोर्ट तयार गरेको जनाएको छ ।
सर्वेमा सर्भिस क्वालिटीमा ३० प्रतिशत, सर्भिस इनिसिएसनमा १८ प्रतिशत, सर्भिस फ्यासिलिटीमा १८ प्रतिशत, सर्भिस एड्भाइजरमा १७ प्रतिशत र भेइकल पिकअपमा १७ प्रतिशत नम्बर छुट्याइएको थियो ।


