फुलचार्जमा १५० किमि रेन्ज दिने स्कुटर, तीन नयाँ मोडल सार्वजनिक

काठमाडौं । भारतीय बजारमा नयाँ ब्राण्डको इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ । ईभीयूम ब्रान्डले तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीले ‘कोस्मो, कोमेट र सिजार’गरी तीन मोडलका स्कुटर सार्वजनिक गरेको हो ।

संयुक्त अरब इमिरेट्सको मेटा ४ ग्रुपको लगानीमा भारतमा उत्पादन भएका ईभीयुमका स्कुटरहरु हाइस्पीड तथा प्रिमियम रहेका छन् ।
ईभीयुम कोस्मो

ईभीयुम कोस्मोको एक्स शोरुम मूल्य १ लाख ४४ हजार भारतीय रुपैयाँ रहेको छ । यो सबैभन्दा सस्तो मोडल हो । कोस्मो स्कुटरमा ७२ भोल्ट ३० एम्पियर लिथियम आयोन ब्याट्री रहेको छ । यसलाई फुलचार्ज गर्न ४ घन्टा समय लाग्छ । एकपटकको फुलचार्जमा ८० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसको टप स्पीड ६५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

ईभीयुम कोमेट

कोमेटको मूल्य १ लाख ९२ हजार एक्स शोरुम रहेको छ । यसमा ७२ भोल्ट ४२ एम्पीयर लिथियम आयोन ब्याट्री छ । ३ किलोवाट क्षमताको मोटर जडान गरिएको स्कुटरको टप स्पीड क्षमता ८५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

ईभीयुम सिजार

यो ईभीयुमको टप मोडल हो । यसको मूल्य २ लाख १६ हजार भारतीय रुपैयाँ रहेको छ । यसमा ७२ भोल्ट ४२ एम्पियर लिथियम आयोन ब्याट्री रहेको छ । ४ किलोवाट क्षमताको मोटर जडान भएको स्कुटरको टप स्पीड ८५ किलोमिटर प्रतिघन्टा छ घने फुल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिन्छ ।

यी तीनै स्कुटरमा तीन मोड, किलेस स्टार्ट, एलसीडी डिस्प्ले, एन्टी थेफ्ट अर्लाम, रिजेनेरेटीभ ब्रेकिङ, स्मार्ट कनेक्ट, रियल टाइम ट्रयाकिङ जस्ता फिचर रहका छन् ।


Back_to_top