काठमाडौं । पूर्व पश्चिम रेलमार्ग, निजगढ विमानस्थल र ६ वटा सुरुङमार्गका बनाउन लगानी जुटेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
मन्त्री खतिवडाले अर्को महिना सबै आयोजनामा कसले कहाँ, कति लागनी गर्ने भयो सबै जानकारी दिने बताउँदै ६ वटा ठूला आयोजनालाई आवस्यक लगानी जुटेको जानकारी दिएका हुन् ।
९४५ किलोमिटर लामो पुर्व पश्चिम रेलमार्ग, २५ सय हेक्टर क्षेत्रफलमा निर्माण हुने निजगढ विमानस्थल, नौबिसे–नागढुंगा सुरुङ मार्ग, टोखा–छहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, कोटेश्वर–जडिबुटी, खुर्कोट–चियाबारी, विपिनगर–खुटिया–दिपायल र थानकोट–चित्लाङमा सुरुङमार्ग निर्माणको लागि आवस्यक स्रोत जुटाउने कार्य अन्तिम चरमा पुगेको अनुमान गरिएको छ ।


