काठमाडौं । बजारमा बिक्री सुरू नभएपनि जेको जे-सिक्सले निकै धेरै चर्चा पाउन सफल भएको छ । विशेषगरी अफरोड यात्रामा विद्युतीय गाडी लिएर जान खोज्नेहरुको बीचमा जे-सिक्सले चर्चा पाएको हो ।
दुई ड्राइभिङ सिस्टमको साथ आउन लागेको जे-सिक्स मोडल नेपाली बटो सुहाउदो डिजाइनमा पाउन सकिन्छ । साथै, यसमा दिइएका फिचर र ब्याट्रीको कम्बीनेशनले गर्दा टेष्ट ड्राइभ गर्ने जोकोहीलाई लोभ्याउन सफल हुन्छ ।
इलेक्ट्रीक एसयूभी मध्ये पृथक डिजाइनमा उपलब्ध हुने जेको जे-सिक्सले आगामी नाडा अटो शो २०२४ मा निकै राम्रो बुकिङ पाउने अनुमान गरिएको छ । उक्त अनुमान निम्न ५ कारणले गरिएको हो ।
बडी डिजाइन: बक्सी डिजाइनमा तयार भएको जे-सिक्सको अगाडिको फेसिया निकै मस्कुलर छ । मोर्डन लाइफ स्टाइल प्रोडक्टको रुपमा आएको इलेक्ट्रीक एसयूभीमा दिइएको आई प्रेरित लाइटहरु छन् ।

पछाडि पनि निकै मस्कुलर बम्परहरु प्रयोग भएको एसयूभीमा स्टाइलिस अलोय ह्वील र निकै अग्लो बडी पाउन सकिन्छ ।
अफरोड क्षमता: रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने जे-सिक्स मोडल अफरोडमा चलाउनकै लागि भनेर अप्रोच एक्ङ्गल २१ डिग्री र डिपार्चर एङ्गल २९ डिग्री दिएर ल्याइएको छ ।

पहाडि बाटोमा यात्रा गर्न गाडीमा ग्राउन्ड क्लियरेन्स पनि बढी नै चाहिन्छ । जे-सिक्समा २०० एमएमको ग्राउन्ड क्लियरेन्स छ । उक्त ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त मानिन्छ ।
लग्जरी फिचर: चिनियाँ उत्पादनहरु निकै लग्जरी हुन्छन् । त्यसमा पनि एसयूभीहरु फिचर लोडेड नहुने कुरै भएन । एडास २.० फिचरको साथ आउने जे-सिक्समा ५४० डिग्री क्यामेरा, पानारोमिक शनरुफदेखि अटोमेटीक क्लाइमेट कन्ट्रोलसम्मका फिचर छन् ।

सिटहरु निकै आरामदायी छन् । ड्यासबोर्डमा दिइएको १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र अफरोडर झल्काउने सेन्टर कन्सोल पाउन सकिन्छ । सेन्टर कन्सोलमै केही सामान राख्ने स्थान पनि दिइएको छ ।
ड्राइभिङ प्लेजर: चलाउन निकै सहज जे-सिक्समा एड्जस्टेवल स्टेरिङ पाउन सकिन्छ । स्मुद ड्राइभिङ पाउन सकिने जे-सिक्सको रियर ह्वील ड्राइभ भर्सनमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ ।
रेन्ज: सिएटीएलले उत्पादन गरेको ६५.६९ किलोवाट लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । उक्त ब्याट्रीलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर सहजै चलाउन सकिन्छ ।
यसमा रहेको ब्याट्रीलाई ८० किलोवाट क्षमताको डिसी चार्जरले चार्ज गर्न सकिन्छ । उक्त चार्जरले ३० देखि ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लाग्नेछ । यसलाई ६.६ किलोवाटको एसी चार्जरले घरमै पनि चार्ज गर्न सकिन्छ ।

