काठमाडौं । जीओ फोर्डले आयोजना गरेको एड्भेन्चर मोटर र्यालीको टीम अपर मुस्ताङ पुगेको छ । ‘फोर्ड एड्भेन्चर’मा विभिन्न ब्राण्डका गाडीहरुको सहभागिता देखिएको छ ।
फोर्ड नेपालले विगतमा जस्तै यसपटक पनि एड्भेन्चर र्याली आयोजना गरेको हो । विशेषत अफरोडमा फोर ह्वील ड्राइभ गाडीको मज्जा लिन चाहनेहरु यो र्यालीमा सहभागिता जनाएका छन् ।
जीओ फोर्डका अनुसार यो एड्भेन्चर र्यालीले आन्तरिक पर्यटन विस्तार र सहासीक पर्यटन प्रचारको लागि सहयोग पुग्ने जनाएको छ ।










