टाटाको अर्को इलेक्ट्रीक एसयूभी ‘कर्भ’, फुल चार्जमा ५०० किलोमिटर गुड्ने

काठमाडौं । टाटा मोटर्सले नयाँ इलेक्टीक एसयूभी ल्याउने घोषणा गरेको छ । कम्पनीले आज एक कार्यक्रम मार्फत नयाँ मिडसाइज एसयूभी ‘कर्भ’को घोषणा गरेको हो ।

अहिलेसम्म बजारमा आएका इभी टाटाले आफ्नो ग्यासोलीन कारलाई परिमार्जन गरेर ल्याएको थियो । तर, कम्पनीले पहिलो पटक विलकुलै नयाँ इभी कन्सेप्ट सार्वजनिक गरेको हो । अब टाटाले पहिला इभी बनाएर त्यसलाई ग्यासोलीनमा ल्याउने जनाएको छ । कर्भ कन्सेप्टलाई टाटाले बाहिरी र भित्री वनोवट दुबैमा फ्यूचरीस्टीक डिजाइन प्रदान गरेको देखिन्छ ।

टाटाको दावीलाई मान्ने हो भने कुपे डिजाइनमा आएको कर्भ कन्सेप्ट लामो रेन्ज प्रदान गर्ने कार हो । यसले एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेन्ज दिने दावी कम्पनीले गरेको छ । यद्यपि यसमा रहेको मोटर र ब्याट्री साइजको विषयमा कुनै जानकारी दिएको छैन ।

टाटा आज सार्वजनिक गरेको कर्भ कन्सेप्ट आगामी दुई वर्ष भित्र वजारमा विक्री सुरु हुनेछ । फ्रेस डाइनामीक लुक्स देखिएको कर्भको अगाडिको भाग निकै फ्यूचरस्टीक छ । कर्भमा कुपे लुक्सको रुफलाइन रियरसम्म तानिएको छ । यो कुपे डिजाइन टाटाको चलिरहेको बक्सी डिजाइन फिलोसोफिबाट डिपार्चर भएको देखिन्छ ।

टाटा मोटर्स प्यासेन्जर भेहिकल तथा टाटा प्यासेन्जर इलेक्ट्रीक मोविलीटीका म्यानेजिङ डाइरेक्टर सैलेश चन्द्रका अनुासार यो कारमा भित्री भाग ठूलो तर बाहिरी आवरण भने सहरी क्षेत्रमा चलाउन र पार्क गर्न कम्प्याक्ट साइजको बन्नेछ ।

टाटा कर्भको अगाडि पातलो एलइडी स्टीप वारपार भएको छ भने ट्याडगुलर लाइडी एलीमेन्ट्स, फ्यूचरीस्टीक अलोय ह्वील, कम्प्याकट रियर प्रोफाइल, आकर्षक बुटको ढोका र इभीको व्याजिङ बाहिर देखिन्छ ।

भित्री ड्यासबोर्डमा आकर्षक दुइवटा डिजिटल स्कृन, डिजीटल एसी कन्ट्रोल सुईच, नयाँ आकर्षक डिजाइनको टु स्पोक स्टेरिड ह्वील, स्टेरिडमा डिजिटल इलुमुनेट हुने टाटाको लागो, ड्यासबोर्डमा पनि फ्याब्रिकको प्रयोगले कर्भको भित्री बनोट निकै प्रिमियम हुनेछ ।

टाटा मोटर्सको सेकेन्ड जेनेरेशन इभी आर्किटेक्चर डिजाइन कन्सेप्टमा बनेको यो एसयूभी टाटाको सफल सवम्प्याक्ट एसयूभी टाटा नेक्सन भन्दा माथि रहने छ ।

यसको ग्यासोलीन मोडलको सिधा प्रतीस्पर्धा हुन्डाइको क्रेटा, कियाको सेल्टोस, निसानको किक्स, फक्सवागेनको टाइगुन, स्कोडा कुशक तथा एमजीको एस्टरसँग हुने अनुमान गरिएको छ ।


Back_to_top