क्रेटालाई टक्कर दिन महिन्द्राले फोर्डको बी-प्लेटफर्ममा नयाँ कार बनाउने

भारतीय सवारी उत्पदक कम्पनी र अमेरिकी कम्पनी फोर्डले भारतमा रणनीतिक साझेदारी गरि रहेका छन् । उक्त साझेदारी अनुरुप दुई कम्पनीले संयुक्त रुपमा नयाँ कार बनाउने भएका छन् ।

महिन्द्रा र फोर्डले संयुक्त रुपमा मिड साइज एसयूभी बनाउने कुरा सय अघि नै तय भइसकेको छ । महिन्द्राले नयाँ पुस्ताको एक्सयूभी–५०० अर्को वर्ष ल्याउने छ जुन अहिलेको भन्दा धेरै परिवर्तित स्वरुपमा आउनेछ । यो फोर्डको सी–सेगमेन्ट एसयूभी प्लेटफर्ममा बन्ने छ ।

त्यस्तै महिन्द्रा र फोर्डले बीएस–६ इन्जिनमा नयाँ गाडी बनाउने भएको छ ।

फोर्डको बी–प्लेटफर्ममा निर्माण हुने उक्त कारले हुन्डाई क्रेटासंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । उक्त नयाँ गाडीलाई नेक्स्ट जेन इकोस्पोर्ट भन्ने वा फोर्ड एसयूभी भन्ने बारेमा कम्पनीले टुंगो लगाएको छैन । सो नयाँ गाडए आगामी वर्ष बजारमा आउने अनुमान गरिएको छ ।


Back_to_top