काठमाडौं । जियो फोर्डले आफ्नो चर्चित माेडल फिगोको फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ फिगोको १२०० पार्टसमा परिर्वतन गरेको जनाएको छ ।
कम्पनीले नयाँ फिगोको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ राखेको छ भने टप भेरियन्टको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
फोर्ड फिगो फेसलिफ्ट १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । साथै, १.५ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिन पनि यसमा रहकाे छ । जुन इन्जिन यसअघि फाेर्डकाे फ्रिस्टाइलमा दिइएको थियाे । पुरानो मोडलमा ४ सिलिन्ड इन्जिन दिइएकोमा नयाँ फेसलिफ्टमा ३ सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ ।
११९४ सीसी क्षमताको पेट्रोल इन्जिनले ९६ पीएस पावर उत्पादन गर्छ । यसको अटोमेटिकमा दिइएको इन्जिनले १२३ पीएस पावर प्रदान गर्छ।
यसमा रहेको ४ सिलिन्डर टर्बोचार्ज्ड इन्जिनले १०० पीएस पावर र २१५ एनएम टर्क जेनेरट गर्छ । यी दुबै इन्जिनमा समान ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै ६ स्पीड टर्क कन्र्भटर लगाइएको छ ।
फिगो फेसलिफ्टले प्रतिलिटर २०.४ किलोमिटर माइलेज प्रदान गर्ने एआरआईले सटिफाई गरेको छ ।
फिगो फेसलफ्टिको लम्बाई ३९४१ एमएम, चौडाई १७०४ एमएम र उचाई १५२५ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २४९० एमएमको दिइएको छ । ग्राउन्ड क्लियरेन्स भने १७४ एमएम रहेको छ । नयाँ फिगोमा २५७ लिटरको बुट स्पेश दिइएको छ ।
नयाँ फिगो फेसलिफ्टमा थुप्रै कस्मेटिक परिर्वतन पाउन सकिन्छ । यसको अगाडिको बम्परमा निकै ठूलो परिर्वतन गरिएको छ, स्पोर्टी सेलुलर हनिकब फ्रन्ट ग्रिल, टुईन हेडल्याम्प र १५ इन्च अलोय ह्वील दिइएको छ । यसमा दिइएको डियुल टोन रुफले फिगोलाई पुरानो रेगुलर मोडलको तुलनमा निकै आर्कषक र स्पोर्टी देखाएको छ ।
यसमा रिडिजाइन ड्यासबोर्ड, किलेस इन्ट्री, पुस बटन स्टार्ट, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हेड युनिटसँगै इन व्यूल्ट नेभिगेसन फिचर दिएको छ ।
यसमा दिइएको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टमले कारको ड्यासबोर्डलाइ निकै आर्कषक बनाएको छ । यस्तै, फेलिफ्टमा पावर विंग मिरर, क्लाइमेट कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस, इबीडी, सिट बेल्ट वार्निङ जस्ता फिचरले नयाँ फिगोलाई निकै सुरक्षित बनाएको छ ।


