सांसदले नै सडकको डीपीआरमा घोटाला भएको भनेपछि…

काठमाडौं । सांसद टेकबहादूर बस्नेतले निर्माण हुने गरेका पुल तथा सडकको डीपीआरमै घोटाला हुने गरेको आरोप लगाएका छन् । उनले विकास समितिको बहुवर्षीय योजनाका विषयमा बोल्दै ठाउँ–ठाउँमा निर्माण हुने गरेका पुलदेखि सडकका डीपीआरमै धेरै अनियमिक्ता भएको बताएका हुन् ।

बहुवर्षीय योजनाहरुमा पुल तथा सडकसम्बन्धी डुब्लिकेशन हुने गरेको, कानुनमा लापरवाही, गुणस्तर कायम नहुने, जिम्मेवारी कसले लिने स्थानिय, प्रदेश वा संघीय सरकारले भन्ने अन्योल्ताले निर्माणमा समस्या देखापरेको उनले बताए ।

जाजरकोटमा भेरी नदीमा ३ सय मिटर लामो झोलुङगेपुल आवश्यक पर्ने त्यो ठाउँमा एकपटक सूचिमा परेको र पटक–पटक सर्भे तथा डिपिआर भए पनि त्यसमै खर्च बढीरहेको वस्नेतको भनाइ छ ।

‘दोहोराई तेहेराई डीपीआर गर्दा खर्च त्यसमै बढी देखाइने गरेको त्यसले डीपीआरमै धेरै घोटाला तथा अनियमिक्ता भएको देखाउछ,’ सांसद वस्नेतले भने । यस्तै राप्ती लोकमार्गको थिम्ना खोलामा ७ मिटर सडक पुल निर्माण गर्न स्थानको मापदण्ड र सर्भे बीनानै त्यहाँ भुक्तानी भइसकेको उनले बताए ।

‘रोल्पाको सडकमा सर्भे भयो तर त्यो सर्भे खर्च कता गयो पुल कता गयो अत्तोपत्तो छैन,’ भन्दै उनले थपे, ‘कतिपय पुलहरु सूचिमा पर्ने र हट्ने भइनै रहन्छ ।’ यस्ता बजेट परेर ठेक्का लिइएको तर काम नभएका सडक तथा पूलहरुको संख्या धेरै रहेको उनले बताए ।

उनले सडक तथा पुलको मापदण्ड सर्भे नभई भुक्तानी भइसकेकाले त्यसमा धरै अनियमित्ता भएको बताए । यस्तै सांसद गणेश पहाडीले राष्ट्रिय गौरवको आयोजनाहरु ४ देखि ५ वर्षमा सम्पन्न गर्ने भने पनि समयमा सम्पन्न हुन सकेको बताए । ‘ठेक्का पट्टा भइसक्यो तर काम नै सुरु गर्न सकेका छैनन्,’ उनले भने ।

उनले आयोजनाको सम्पूर्ण अध्ययन नगरी ठेक्काको काम अघि बढ्ने हुँदा योजना पुरा हुन्छ नसकेको बताए । आयोजनाको पूर्वतयारीका सम्पूर्ण काम गरेर मात्र ठेक्का पट्टाको काम सुरु गर्नुपर्ने पहाडीको भनाइ छ ।

गणतन्त्रलाई गनाउने तन्त्र नबनाऔँ

सांसद यज्ञ सुनुवारले गणतन्त्रलाई गनाउने तन्त्र नबनाउन आग्रह गरेका छन् । उनले  शासक तथा प्रशासकहरुको कमजोरीले देशको विकासमा असर नपार्न आग्रह गरेका हुन् ।

‘शासकहरुको कमजोरीले हाम्रो गणतन्त्र गनाउने तन्त्र नबनोस,’ सुनुवारले भने । उनले एक जना मन्त्रीलाई सबै सांसदले कुरेर बस्नु पर्ने अवस्था समितिको बैठकमा बारम्बार दोहोरिएको भन्दै त्यसमा ध्यानआकर्षण गराएका थिए ।

मन्त्रीदेखि डिजी सबै भ्याइनभ्याई हुँदासमेत सडक विकासमा कोही सन्तुष्ट हुन नसकेको उनले बताए । ‘विकास समितिका सांसद मात्र हैन अरु सांसदलाई सडकको हालत र विकासको गती साधे पनि कोही सन्तुष्ट छैन,’ सुनुवारले भने ।

राष्ट्रिय वहुवर्षीय ठेक्का अलपत्र नपार्न आग्रह गर्दै एक महिना काम सम्पन्न हुने काम समेत कसले जिम्मा लिने प्रदेश कि केन्द्रले भन्ने अन्योल्ताले रोकिएको उनले बताए ।

सडक निर्माणका लागि करोडौं खर्च भएको तर सम्पन्न हुन नसक्दा भैसी, बाख्रालगायतका बस्तु हिड्ने बाटोमा सीमित भएको उनको भनाइ छ । अर्थ मन्त्रालयलाई सोध्यो भौतिक मन्त्रालयलाई दोष दिन्छन् भौतिक मन्त्रालयलाई सोध्यो अर्थमन्त्रालयलाई दोस दिने गर्दा विकास हुन नसकेको उनले बताए ।


Back_to_top