फोटोनले एकैपटक संचालनमा ल्यायो ५ नयाँ सर्भिस सेन्टर

काठमाडौं । फोटोनले एकैसाथ ५ नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले देशका विभिन्न ठाउँमा फोटोन टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट संचालनमा ल्याएको हो ।

कम्पनीका अनुसार भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक सर्भिस प्वाइन्ट संचालनमा ल्याइएको हो ।

यससँगै फोटोनको देशव्यापी बिक्रीपछिको सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ । यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

नयाँ स्थापना गरिएका शिल्ड सर्भिस प्वाइन्टहरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेकाफोटोनका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् । भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक संचालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारीसाधन संचालकका लागि यो विस्तार विशेष महत्त्वपूर्ण हुनेछ ।

फोटोन टोटल केयर नेटवर्क मार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा वारेन्टी सहयोगलगायतसेवा प्राप्त गर्नेछन् । नयाँ सर्भिस प्वाइन्टत हरूफोटोनका विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष डाइग्निस्टक उपकरण, तालिमप्राप्त ईभी प्राविधिक तथाफोटोनका जेन्युन स्पेयर पाट्र्ससहित संचालनमा ल्याइएका छन् ।

सवारीसाधन संचालनमा अवरोध आउने समय र संचालन खर्च घटाउनु फोटोन टोटल केयर कार्यक्रमको प्रमुख उद्देश्य हो । नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भूगोल र संचालन अवस्था अनुकूल सेवा तयारीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर संचालनमा राख्दै व्यवसायलाई सहज रूपमा अघि बढाउन यो कार्यक्रम तयार गरिएको हो ।

फोटोन टोटल केयर शिल्ड सर्भिस प्वाइन्ट हरू दुर्गम, अर्धेशहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा संचालन हुनेछन् । यी केन्द्रहरूले एउटै मापदण्डको गुणस्तरीय सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको सहायता प्रदान गर्नेछन्।


Back_to_top