महंगो भयो यामाहा FZS V3, यस्तो छ नयाँ मूल्य

काठमाडौं । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले साउन १ गतेबाटै आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले असारको पहिलो हप्ता नै साउन १ गतेबाट मूल्य बढ्ने जानकारी दिदै स्कीम नै संचालन गरेको थियो ।

यामाहाको मोटरसाइकल मध्ये सर्वाधिक विक्री हुने यो मोडलमा कम्पनीले ५ हार रुपैयाँले मूल्य बढाएको हो । यसअघि ३ लाख २९ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको यो मोटरसाइकलको मूल्य अब ३ लाख ३४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा यामाहाको ‘गेमचेन्जर’ मोडलको रुपमा स्थापित एफजेडएस भि थ्रीले यामाहाको कुल मोटरसाइकल विक्रीको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ । १५० सीसी सेग्मेन्टमा पल्सर १५० पछि सर्वाधिक विक्री हुने यो मोटरसाइकल युवाहरुको पहिलो रोजाई बन्दै आएको छ ।

१५० सीसी सेग्मेन्टमा एबीएस र एफआई इन्जिनसहित आएको एफजेडएस भि थ्री पहिलो मोटरसाइल भएकोले धेरै युवाको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाई छ ।

यो मोटरसाइकलमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध रहेको छ ।


Back_to_top