काठमाडौं । जीएसी मोटर्सको दोस्रो उत्पादनको रुपमा ‘एवोन-भी’ नाडा अटो शोमा प्रदर्शनी हुने भएको छ । कम्पनीले नयाँ एवोन भी एसयूभी प्रदर्शनी गर्ने तयारी थालेको हो ।
जीएसीले एवोन-भीको सेकेन्ड जेनेरेशन मोडल गत मे महिनामा भएको बेजिङ अटो शोमा प्रदर्शनी गरेको थियो । मिड साइज एसयूभी सेग्मेन्टमा उपलब्ध एवोन भीको लम्बाई ४६०५ एमएम, चौडाई १८७६ एमएम र उचाई १६८६ एमएम रहेको छ ।
एवोन-भी मोडलमा एच आकारको हेडलाइट, १९ इन्चको मल्टी स्पोक पेटल स्टाइल रीम, क्लोज अफ ग्रिल दिइएको छ । कम्पनीले यसमा ११ वटा क्यामेरा, १२ वटा अल्ट्रासोनिक रेडार दिएको छ । उक्त रेडारले एडिगो पाइलट इन्टेलिजेन्ट ड्राइभिङ एसिस्ट सिस्टम सपोर्ट गर्छ ।
यसको इन्टेरियरमा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, मेटलबाट बनेको डोर ह्याण्डल र एसीभेन्ट पाउन सकिन्छ । सिटहरु पुरै फोर्ड गर्न मिल्ने छन् । ४७५ लिटरको ठूलो बुट स्पेश यसमा पाउन सकिन्छ ।
लिथियम आइरन फस्फेट ब्याट्री प्याक ६२ किलोवाटदेखि ९० किलोवाटसम्मको फरक फरक ब्याट्री अप्सनमा चीनमा बिक्री हुँदै आएको एवोन भीमा १५० किलोवाट र १६५ किलोवाटको दुई मोटर अप्सन पाउन सकिन्छ । तर, कम्पनीले कुन मोटर पावर र ब्याट्री अप्सनमा नेपाल आउन लागेको हो केही खुलाएको छैन । सीएलटीसीका अनुसार एवोन भीले सिंगल चार्जमा ५२० देखि ७५० किलोमिटरसम्म रेन्ज दिन्छ ।

