काठमाडौैं । नेपालमा जेएसडब्लू एमजी गाडीहरूको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
कम्पनीले एमजीका ग्राहकहरूको स्वामित्व अनुभव अझ सुदृढ बनाउन, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले यो नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
उक्त सर्भिस सेन्टर अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पाट्र्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित संचालनमा आएको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटनको अवसरमा कम्पनीले जुलाइ २२ देखि २९ सम्म ७ दिने ग्राण्ड ओपनिङ सर्भिस क्याम्प आयोजना गर्ने भएको छ। यस अभियानमार्फत एमजीका नयाँ तथा हालका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नुका साथै कम्पनीको आधुनिक सेवा सुविधासँग परिचित गराइनेछ।

ग्राण्ड पनिङ सर्भिस क्याम्पमा सम्पूर्ण एमजी ग्राहकका लागि समर्पित सर्भिस सुविधा, कम्पनीबाट प्रशिक्षित प्राविधिकद्वारा सेवा, जेन्युइन एमजी स्पेयर पाट्र्सको उपलब्धता र पारदर्शी तथा प्रतिस्पर्धी सेवा शुल्क पाइने कम्पनीले जनाएको छ ।
यो एमजी सर्भिस सेन्टरको स्थापना हाम्रो ग्राहकप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम रहेको कम्पनीको भनाइ छ । उत्कृष्ट बिक्रीपछिको सेवा सफल स्वामित्व अनुभवको आधार हो भन्ने हाम्रो विश्वास छ। यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने हाम्रो उद्देश्य रहेको छ।
कम्पनीले ग्राण्ड ओपनिङ सर्भिस क्याम्पमा सहभागी भई नयाँ सेवा सुविधाको अनुभव लिन अनुरोध गरेको छ ।


