हुन्डाई ग्रान्ड आई १०ः पुरानो र नयाँमा कस्तो फरक

काठमाडौं । हुन्डाईले केही दिन अगाडि भारतीय बजारमा सार्वजनिक गरेको हुन्डाई ग्रान्ड आई १०को नयाँ संस्करण अहिले चर्चाको शिखरमा छ ।

नेपाली बजारमा समेत निकै सफल मोडल मानियको हुन्डाईको ग्रान्ड आई १० को नयाँ संस्करण भने नेपाल आउने तयारीमा रहेको छ ।

ग्रान्ड आई २०को नयाँ संस्करण आकर्षक डिजाइन, स्वरुप र विशेषतासहित आएको छ । कम्पनीले यो मोडललाई ग्रान्ड आई १० को पछाडि नियोस नाम जोडेर बजारमा ल्याएको हो । यसको पुरानो र नयाँ मोडलमा अन्तर यस्तो रहेको छ ।

विशेषता

ग्रान्ड आइ १० को नयाँ संस्करणको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रिडिजाइन हेडल्याम्प र एलइडी फग ल्याम्प दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिल, मेसिन कट अलोय ह्वील, सार्पर हेडलाइट जस्ता विशेषताले गाडीलाई निकै आकर्षक बनाएको छ ।

यसको ड्याशबोर्ड, इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वील, नयाँ इन्फोटेनमेन्ट सिस्टममा  एप्पल कारप्ले र एन्ड्रोइड अटोको विशेषता प्रदान गरिएको छ । कारमा भेन्यूमा प्रदान गरिएको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

यसको रेगुलर मोडलमा ड्राइभर प्यासेन्जर र ड्राइभर एयरब्याग, पावर विन्डो, एबीएस, इबीडी, सेन्ट्रल लकिंग सिस्टम, रियर सिट बेल्ट, सेन्ट्रल लकिंग, टेकोमिटर, फ्रन्ट फग लाइटलगायका विशेषता दिइएको छ ।

इन्जिन

यसको रेगुलर मोडलमा उपलब्ध ११८६ सीसीको फोर सिलिन्डर कप्पा २ पेट्रोल इन्जिन लगाइएको छ । यसले ६ हजार आरपीएममा ८० हर्ष पावरका साथै ४ हजार आरपीएममा ११४ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा पाँच स्पीड म्यानुअल ट्रान्समिसनको साथै फोर स्पीड अटोेमेटिक ट्रान्समिसन लगाइएको छ ।

ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ । यस्तै, यसमा उपलब्ध युटु  १.२ लिटर सिआरडिआई डिजेल इन्जिनले ७२ पिएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

डायमेन्सन

ग्रान्ड आई १० को रेगुलर मोडलको लम्बाई ३७६५ एमएम, चौडाई १६६० एमएम, उचाई १५२० एमएम रहेको छ । यसमा २५२५ एमएमको ह्वीलवेश र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको थियो ।

यसको नयाँ संस्करणको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम रहेको छ भने यसको ह्वीलवेश २४५० एमएम रहेको छ ।

मूल्य

रेगुलर मोडलको नेपाली बजारमा ग्रान्ड आई १० को तीन भेरियन्ट बिक्री वितरण भइरहेको  संस्करणको बिक्रीवितरण भैरहेको छ । यसको लो भेरियन्टको मूल्य २९ लाख ५६ हजार र टप भेरियन्टको मूल्य ३१ लाख ९६ हजार रुपैयाँ रहेको छ । तर, नयाँ मोडलको मूल्य कति हुन्छ त्यो भने गाडी नेपाली बजारमा आएसँगै थाहा हुनेछ ।


Back_to_top