काठमाडौं । ओकिनावाले भारतीय बजारमा नयाँ इलेक्ट्रीक स्कुटर प्रेज प्रो सार्वजनिक गरेको छ । ओकिनावा आइ प्रेजबाट पे्ररित यस स्कुटरको मूल्य ७१ हजार ९ सय भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।
यसमा उपलब्ध वाटरप्रुफ डिसि मोटरसंगै २ किलोवाटको लिथीयम आयन ब्याट्री फुलचार्ज हुन ३ घन्टा लाग्ने कम्पनीले जनाएको छ । यसको टपस्पिड क्षमता इकोनमी मोडमा प्रतिघन्टा ३० देखि ३५ किलोमिटर, स्पोर्ट मोडमा ५० देखि ६० किलोमिटर र टर्बाे मोडमा ६५ देखि ७० किलोमिटर रहेको कम्पनीले जनाएको छ । यसले फुलचार्जमा ८८ देखि ११० किलोमिटर सम्म रेन्ज प्रदान कम्पनीले दावी गरेको छ ।
यसको दुबै साइडमा इलेक्ट्रोनिक एबिएसको फिचरयुक्त डिस्क ब्रेक लगाइएको छ भने, रिजेनेरिटिभ ब्रेकिंग सिस्टम दिइएको छ । फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ट्वीन स्प्रिङ्गसंगै सस्पेन्सन लगाइएको छ । १५० किलोग्राम तौल भएको यस स्कुटरमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
स्कुटरमा एलइडी हेडल्याम्प, टेलल्याम्प, सिएनसि मेसिन एडजस्टेबल ब्रेक लिभर, सेन्ट्रल लकिंगसंगै एन्टी थिफ्ट अलार्म, युएसबी मोबाइल चार्जिङ, युनिक मोटर वाल्क असिस्ट जस्ता फिचर दिइएको छ ।
यो स्कुटर रेड ल्ब्याक, स्पार्कल ब्ल्याक कलर अप्शनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ओकिनवाले हालै मात्र नेपाली बजारमा प्रवेश गरेको छ । यससँगै यो स्कुटर नेपाली बजारमा समेत भित्रने अनुमान गरिएको छ ।

